१२ बजे जन्मदैछ समाजवादी पार्टी नेपाल

समाधान सम्वाददाता
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच आज एकता हुँदैछ । दुई पार्टीका बीचमा प्रज्ञा प्रतिष्ठानमा मध्यन्ह १२ वजे एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा हुने बताइएको छ ।
एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । नयाँ शक्ति संयोजक बाबुराम भट्टराई पहिलो वरियाताको अध्यक्ष र संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव दोश्रो वरियाताको अध्यक्ष रहने सहमति भएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको आकार करिब तीन सय हाराहारी हुनेछ । फोरमका करिब दुई सय सदस्य र नयाँ शक्तिका ९९ सदस्य एकीकृत पार्टीमा पनि सदस्य रहने सहमति भएको बताइएको छ । केन्द्रीय पदाधिकारीको संख्या २५ रहनेछ ।
फोरमका १६ र नयाँ शक्ति नेपालका ९ पदाधिकारी एकीकृत पार्टीमा पदाधिकारीकै हैसियतमा रहने छन् । दुई दल एकीकरणपछि प्रतिनिधिसभाको सांसद संख्या १७ पुग्नेछ । जसमा फोरमको मात्रै १६ जना सांसद छन् भने नयाँ शक्तिको एक जना छन् ।








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया