१२ बजे जन्मदैछ समाजवादी पार्टी नेपाल

समाधान संवाददाता २०७६ वैशाख २३ गते ८:००

समाधान सम्वाददाता

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच आज एकता हुँदैछ । दुई पार्टीका बीचमा प्रज्ञा प्रतिष्ठानमा मध्यन्ह १२ वजे एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा हुने बताइएको छ ।

एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । नयाँ शक्ति संयोजक बाबुराम भट्टराई पहिलो वरियाताको अध्यक्ष र संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव दोश्रो वरियाताको अध्यक्ष रहने सहमति भएको छ ।

Advertisement

पार्टीको केन्द्रीय कार्यसमितिको आकार करिब तीन सय हाराहारी हुनेछ । फोरमका करिब दुई सय सदस्य र नयाँ शक्तिका ९९ सदस्य एकीकृत पार्टीमा पनि सदस्य रहने सहमति भएको बताइएको छ । केन्द्रीय पदाधिकारीको संख्या २५ रहनेछ ।

फोरमका १६ र नयाँ शक्ति नेपालका ९ पदाधिकारी एकीकृत पार्टीमा पदाधिकारीकै हैसियतमा रहने छन् । दुई दल एकीकरणपछि प्रतिनिधिसभाको सांसद संख्या १७ पुग्नेछ । जसमा फोरमको मात्रै १६ जना सांसद छन् भने नयाँ शक्तिको एक जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया