आदर्शचाेकमा बाली उपचार शिविर

समाधान संवाददाता २०७६ वैशाख २३ गते ११:२७

समाधान संवाददाता, पोखरा

कारितास नेपाल फिल्ड कार्यालयको सहयोगमा पोखरा महानगरपालिका २९ आर्दशचोकमा बाली उपचार शिविर भएको छ । नेपाल जीविकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तर्गत शिविर भएको हो । बाली संरक्षण प्रयोगशाला गण्डकीका प्रमुख धनबहादुर राना, सहजकर्ता कारितास नेपाल फिल्ड कार्यालयका प्रमुख शोभा आचार्य, हिममाया भण्डारी, नाइस केयर नेपालका मुक्तिनाथ पौडेल लगायतले सहजीकरण गरेका थिए ।

शिविरमा करिब ३५ वटा नमुना जाँच गरिएको थियो । सबैभन्दा बढी लाइ र अन्य किराले समस्या दिएको किसानहरुले बताएको कारितसफिल्ड कार्यालयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् । उनले किसानलाई तरकारी बाली, फलफूल र अन्न भण्डारमा देखिएका समस्या समाधानका उपायका बारेमा जानकारी दिएको बताइन् । स्थानीय किसानले शिविर नियमित रुपमा सञ्चालन गर्न माग गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया