जनजातिलाई लोकसेवा कक्षा

समाधान संवाददाता, दुलेगौंडा
निजामती सेवामा आदिवासी जनजातिको पहुँच र सहभागिता बढाउन खैरेनीटारमा लोक सेवा आयोगको तयारी कक्षा सुरु गरेको छ । नेपाल आदिवासी जनजाति प्रतिष्ठान शुक्लागण्डकीको आयोजनामा १५ दिने कक्षा सञ्चालन गरिएको हो । आइतबार कार्यक्रमको उद्घाटन गर्दै शुक्लागण्डकीका नगर उपप्रमुख सविता रसाइलीले तयारी कक्षा बाटो देखाउने मात्र काम भएको बताउँदै विद्यार्थीको कडा मेहेनत भएमा सफल भइने उल्लेख गरिन् ।
राज्य हरेक क्षेत्रमा सबै समुदायको समान सहभागिताका लागि प्रयासरत रहेको जानकारी दिँदै सम्बन्धित समुदायले पनि चासो दिनुपर्नेमा जोड दिइन् । वडा नं. ६ का अध्यक्ष कृष्णबहादुर पौडेलले १५ दिने तालिम आधार मात्र भएको उल्लेख गर्दै उपयोग गर्न आग्रह गरे । वडा ९ का अध्यक्ष लोकनारायण श्रेष्ठले नगरका सबै क्षेत्रबाट सहभागीता गराउन सके कक्षा थप प्रभावकारी हुने बताए ।
शुक्लागण्डकी आदिवासी जनजाति प्रतिष्ठानका खिमबहादुर कुमालले सरकारी सेवामा ठूलो संख्यामा आकर्षण रहेकाले तीब्र प्रतिष्पर्धा रहेको उल्लेख गरे । प्रशिक्षक नगरपालिका सामाजिक विकास शाखा प्रमुख हिमा पोख्रेल, प्रतिष्ठानका सचिव बिमल जिसी लगायतले बोलेका थिए । शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा करिव ५० जनाको सहभागिता थियो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया