म्यानमारले रिहा गर्यो रोयटर्सका दुई पत्रकार

एजेन्सी, म्यानमार
म्यानमारले राज्यका गोप्य कागजात कानुनअन्तर्गत जेल हालेका दुई पत्रकारलाई रिहा गरेको छ । समाचार संस्था रोयटर्समा कार्यरत वा लोन र क्याव सई मंगलबार रिहा भएका हुन् ।
उनीहरूले पाँच सय दिनभन्दा बढी समय जेलमा बिताएका थिए । सात वर्ष जेल सजाय तोकिएका उनीहरूलाई अन्तर्राष्ट्रिय समूदाय र कूटनीतिक वृत्तको व्यापक दबावपछि रिहा गरिएको रोयटर्सले जनाएको छ । यी दुई पत्रकारलाई राष्ट्रपति विन मिइन्टले आममाफी दिएका हुन् । म्यानमारमा अप्रिल १७ देखि सुरू हुने नयाँ वर्षका अवसरमा एक महिनासम्म कैदीहरूलाई राष्ट्रपतिले माफी दिने चलन छ ।
एंगुनको इन्सियन कारागारको गेटमा लोन र क्यावलाई संयौं पत्रकार र शुभचिन्तकले घेरेका थिए ।
‘मेरो परिवार र सहकर्मीलाई भेट्न निकै खुसी र उत्साही छु । म जतिसक्यो चाँडो समचार कक्षमा जानेछु,’ वाले भने ।
लोन र क्याव २०१७ डिसेम्बरमा पक्राउ परेका थिए । त्यतिबेला उनीहरू पश्चिमी राखिन प्रान्तमा सुरक्षाकर्मीले १० रोहिन्ग्यालाई मारेको घटनाको अनुसन्धानात्मक रिपोर्टिङ गरिरहेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया