विद्यार्थीलाई सेनेटरी प्याड

मोहसिन अलि मियाँ
गोरखा
पालुङटार नगरपालिकाले छात्रालाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने भएको छ । उक्त नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने किशोरीलाई महिनावारीका बेला पनि विद्यालय आउन सहज होस् भन्ने उद्देश्यले सेनेटरी प्याड उपलब्ध गराउन लागिएको नगर उपप्रमुख पम्फा बसेलले जानकारी दिइन् । ‘स्कुल पढ्ने बहिनीलाई महिनावारीका बेला पनि विद्यालय आउन कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ हामीले निशुल्क प्याड उपलब्ध गराउन लागेका हौ’ बसेलले भनिन् ‘यसले उहाँहरुको पढाईमा ठूलो सहयोग गर्छ भन्ने हाम्रो विश्वास छ ।’
महिनावारीका बेला गर्नुपर्ने सरसफाइ अभावका कारण महिलामा विभिन्न शारीरिक समस्या देखा पर्ने गरेको उनले बताइन् । बसेलले अहिले विद्यालय उमेरका किशोरीलाई सचेत गराउन लागिएको बताइन् । ‘महिनावारीका बेला आवश्यक सरसफाइ गर्न नसक्दा वा नजाग्दा हाम्रा धेरै आमा दिदीबहिनी रोगी हुनुहुन्छ’ उनले भनिन् ‘अब नयाँ पुस्ताले पनि त्यो अवस्था बेहोर्नु नपरोस् भन्ने हाम्रो अभिप्राय हो ।’
नेपाल सरकारको ससर्त अनुदानमार्फत अहिले उक्त कार्यक्रम सुरु गरिएको छ । आइतबार पालुङटार १० को मीरकोट माविमा पढ्ने छात्रालाई सेनेटरी प्याड हस्तान्तरण गरी कार्यक्रम सुरु गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख दीपेन्द्र गिरीले जानकारी दिए । महिनावारी भएर विद्यालय आउँदा प्रयोग गर्ने गरी ३ सय ९७ प्याकेट सेनेटरी प्याड उपलब्ध गराइएको छ । ‘हामीले विद्यालयको रेडक्रसलाई उक्त प्याड उपलब्ध गराएका छौं’ गिरीले भने ‘स्कुल आएका छात्राले आवश्यक पर्दा मागेर प्रयोग गर्न सक्नुहुन्छ ।’
१३ माविसहित ४६ वटा विद्यालय रहेको पालुङटारमा महिनावारी उमेर समूहका सबै किशोरीलाई विद्यालयमा प्याड उपलब्ध गराउने नगरपालिकाले लक्ष्य छ । त्यसका लागि पालुङटारमै प्याड उत्पादनको योजनासमेत बनाइएको छ । ‘हामी माछा मारेर दिनु भन्दा बल्छि दिएर माछा मार्न सिकाउनु पर्छ भन्ने सोच राख्छौं’ उपप्रमुख बसेलले भनिन् ‘छिटै त्यस किसिमको तालिम चलाएर पालुङटारमै सेनेटरी प्याड उत्पादन गर्ने लक्ष्य छ ।’









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया