बुढीबजारमा प्रकाश र कविन्द्रकाे कालिज फर्म

समाधान संवाददाता २०७६ वैशाख २४ गते १५:४१

समाधान संवाददाता
पोखरा

पोखराका युवा व्यवसायी प्रकाश कोइराला र कविन्द्र कोइरालाले पोखरा २६ बुढीबजार, तालबेसीमा कालिज पाल्ने भएका छन् । एभरेस्ट वाइलड लाइफ एग्रो रिसर्च काठमाण्डाैंको सहकार्यमा उनीहरुले कालिज फर्म खोल्ने भएका हुन् ।

पोखरामा स्थापना हुने फार्मको नाम कुनो एकिकृत कृषि फर्म रहनेछ । साढे १३ रोपनी जग्गाामा बन्ने फर्ममा साढे २ करोड लगानी हुनेछ ।

व्यवसायका लागि कालिज उत्पादन गर्न अण्डा आयात गर्नुपर्ने सञ्चालक कविन्द्र कोइरालाले बताए । फर्म तयार हुने क्रममा छ भने अण्डा तथा कालिज प्नि केही दिनमा आउने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया