‘रन वे’मा चिप्लिदा पोखरामा जाइराेकाेप्टर दुर्घटना
समाधान संवाददाता
२०७६ वैशाख २४ गते १५:४२

समाधान संवाददाता
पोखरा
अवतरण (ल्यान्ड) गर्ने क्रममा पोखरा विमानस्थलको ‘रन वे’मा चिप्लिएर जाइराेकाेप्टर दुर्घटनामा परेको छ ।
मंगलबार दिउँसो १ः४५ बजे यात्रु सहित उडेको हेलि एयर नेपालको (नाइन एन अल्फा माइक किलो) जाइराेकाेप्टर २ बजे अवतरण गर्ने क्रममा ‘रन वे’ चिप्लिदा दुर्घटनामा परेको हो ।
जाइराेकाेप्टरमा सवार चालक फ्रान्सेली नागरिक एरिक र नेपाली यात्रु अनिस भट्टचन भने सकुशल रहेको पोखरा विमानस्थलका सूचना अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।
‘रन वे’को उत्तरदेखि दक्षिण तर्फ अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । जाइराेकाेप्टरकाे एउटा पखेंटा र अगाडिको सिसामा क्षति पुगेको पौडेलले बताए ।




३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया