पाकिस्तानमा दरगाहबाहिर विस्फोटन, आठ जनाको मृत्यु

समाधान संवाददाता २०७६ वैशाख २५ गते १५:००

बीबीसी, पाकिस्तान

पाकिस्तानको लाहोरस्थित सूफी मुसलमानहरूको एउटा धार्मिक स्थलबाहिर विस्फोटन हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

सो घटनामा प्रहरीसमेत धेरै व्यक्ति घाइतेको भएको आशङ्का गरिएको छ ।

Advertisement

अधिकारीहरूले प्रहरीको एउटा गाडीलाई आक्रमणको तारो बनाइएको हुने सक्ने बताएका छन् ।

सो विस्फोटन प्रसिद्ध दाता दरबार सुफी दरगाहनजिकै भएको थियो।

Advertisement

अहिलेसम्म कुनै फनि समूहले सो घटनाको जिम्मेदरी लिएको छैन ।

इस्लाम धर्मावलम्बीहरूको पवित्र रमजान महिना सुरु भएपछि यो साङ्घातिक आक्रमण भएको हो

तपाईको प्रतिक्रिया