देउवाको असभ्य सम्बोधन– सम्माननीयलाई ‘तँ’, कार्यकर्तालाई गाली

समाधान संवाददाता २०७६ वैशाख २५ गते १८:००

समाधान सम्वाददाता

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक सस्कार विपरित निकै तल्लो स्तरको भाषा प्रयोग गरेका छन् । नेपालको संविधानले नै सम्माननीय पदवी दिएका बहालवाला तीन जना सम्मानीयलाई सार्बजनिक स्थलमा बोल्ने क्रममा ‘तँ’ भनेर सम्बोधन गरेका छन् । उनले पूर्व राष्ट्रपतिलाई पनि तँ भनेरै सम्बोधन गरेका छन् ।

नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्दा आफ्नै पार्टीभित्र आफ्नो विरोध गर्नेदेखि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमाथि निशाना साधेका हुन् ।

Advertisement

‘हिजो संसदमा देखिहाल्नुभयो । प्रधानमन्त्रीले गैर संसदीय भाषा बोल्यो । हामीले विरोध गर्‍यौं र सभामुखलाई भन्यौं, डिलिट गर्नुस्’ देउवाले भने–‘‘त्यसले गर्नै सकेन ।’

उनले सभामुखलाई कमजोर र डरपोक समेत भने । ‘यस्तो डरपोक सभामुख मैले देखेकै छैन’ देउवाले भने, ‘धेरै सभामुख भएका छन् तर, उनीहरुले सत्ता पक्षको जस्तो व्यवहार कहिल्यै गरेका थिएनन् । बरु विपक्षीहरुको भावनालाई महत्व दिए ।’

Advertisement

त्यसपछि देउवा राष्ट्रपतिमाथि खनिए । गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको भए पनि राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको भन्दै देउवाले भने, ‘यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेको थिएन । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको’

प्रधानमन्त्रीले जे पायो त्यही बोल्न थालेको र सभामुख निरीह भएको भन्दै देउवाले भने, ‘यही हो मैले भनेको । कम्युनिस्टको शासन आएपछि यस्तै हुन्छ, यही भएर रुन पाइन्न भनेको हुँ ।’

देउवा सो कार्यक्रममा आफ्नै नेता कार्यकर्ता माथि पनि आक्रामक देखिए । मुस्किलले १२ मिनेट सम्बोधन गरेका देउवाले सुरुमा पार्टी भित्र आफ्नो विरोध गर्नेहरुमाथि खनिएका थिए ।

महासमितिमा केन्द्रीय सदस्यहरु तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने माग उठेको तर पास नै नभएको उनको दाबी छ । सत्य कुरा थाहा पाउनुपर्ने भन्दै उनले भने, ‘मैले प्रयास गर्छु भनेकै हो । साथीहरुले मानेनन् । ८ जनाबाहेक सबैले केन्द्रीय सदस्यहरु तलबाट आउनु पर्दैन भने ।’

त्यो पनि आफ्नो पालामा नभई गिरिजाप्रसाद कोइरालाको पालामा सुरु भएको बताए । सुशील कोइराला सभापति हुँदा पनि त्यसले निरन्तरता पाएको भन्दै उनले भने, ‘कोइरालाको खिलाप बोल्नै नसक्ने हो भने भइहाल्यो । मेरो खिलापमा जति बोले पनि भयो । नत्र भने हद भयो ।’

सबै केन्द्रीय सदस्य तयार भए भोलि पनि विधान संशोधन हुनसक्ने उनले बताए । यो पहिलेदेखि नै चलेको चलन भएको र ‘चलन हटाउन सहज नहुने उनको तर्क थियो । त्यति बेला कसैले अब चलाउनु भएन नि त भन्ने जवाफ फर्काए । देउवाले हाँस्दै जवाफ दिए, सक्नुपनि पर्‍यो नि । केन्द्रीय सदस्य नै मान्नुपर्‍यो । मान्दै मान्दैनन् ।’

हलमा सहभागीहरुले चर्को स्वरमा प्रतिवाद गरे । त्यसपछि भने कांग्रेस सभापति देउवा रिसाए । ‘दोहोरो नगरौं है, दोहोरो नगरौं । यो छलफल होइन, भाषण हो यो’ भन्दै कार्यकर्तालाई हकारे ।

तपाईको प्रतिक्रिया