दमदार दिल्लीः क्वालिफायर २ मा चेन्नइसँग भिड्ने

समाधान संवाददाता २०७६ वैशाख २६ गते ८:४०

एजेन्सी

सनराईजर्स हैदरावादलाई रोमाञ्चक खेलमा २ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स आईपीएल १२ को क्लालिफायर २ मा पुगेको छ ।

विशाखापट्टनमा भएको एलिमिनेटर खेलमा १६३ रनको लक्ष्य पाएको दिल्लीले १९ ओभर ५ बलमा १६४ रन बनाएर पूरा गर्यो । किमो पौलले दिल्लीका लागि विजयी चौका प्रहार गरे ।

Advertisement

दिल्लीको जितमा पृथ्वी शो र ऋषभ पन्तले उत्कृष्ट ब्याटिंग गरे । शोले ३८ बलमा ५६ रन बनाए भने पन्तले २१ बलमा ४९ रन बनाए । पन्तले सोक्रममा ५ छक्का र २ चौका प्रहार गरेका थिए ।

आईपीएलको इतिहासमा दिल्लीले पहिलो पटक एलिमिनेटरमा जित हात पारेको हो ।

Advertisement

हैदरावादका लागि राशिद खान, भुवनेश्वर कुमार र खलिल अहमदले २–२ विकेट लिए भने दिल्लीका अमित मिश्रा गलत रनिंगका कारण आउट भए । उनी फिल्डरलाई अवरोध गरेको कारण आउट हुने अभागी खेलाडी बने ।

यसअघि पहिला ब्याटिंग गरेको हैदरावादले ८ विकेटमा १६२ रन बनाएको छ । विष्फोटक शुरुआत गरे पनि हैदरावादले मध्यक्रमम भने स्लो ब्याटिंग गरेको थियो । ओपनर मार्टिन गप्टील १९ बलमा ३६ रन बनाएर आउट भएपछि कप्तान केन विलियम्सन र मनीष पाण्डेले स्लो ब्याटिंग गरे । पावर प्लेपछि १३ औं ओभरसम्म हैदरावादले चौका वा छक्का प्रहार गर्न नै सकेन ।

मनीष पाण्डे ३५ बलमा ३० रन बनाएर आउट भए । विलियम्सन २७ बलमा २८ रन बनाए भने विजय शंकरले आकर्षक २५ रन बनाए । यस्तै मोहम्मद नबीले १३ बलमा २० रन बनाएर टिमलाई चुनौतिपूर्ण स्कोरसम्म पुर्याए ।

हैदरावादले अन्तिम ओभरमा ३ विकेट गुमायो । नबी, दीपक हुड्डा र राशिद खान अन्तिम ओभरमा आउट भए । यद्यपी केमो पौलको सो ओभरमा एक नो बलमा नबीले छक्का पनि प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया