पूर्व विद्यार्थीलाई आर्थीक सहयोग

समाधान संवाददाता, पोखरा
रुपा गाउँपालिका २, थुम्कीस्थित शिवालय मावि युवा रेडक्रस सर्कलले पूर्व विद्यार्थी चन्द्रबहादुर विकलाई आर्थिक सहयोग गरेको छ । विश्व रेडक्रस दिवसको अवसर पारी शिक्षक, विद्यार्थी र रेडक्रसका सदस्यबाट संकलित ६ हजार ९ सय २० रुपैयाँ प्रदान गरिएको हो ।
मोटरसाइकल दुर्घटनामा परी घाइते शिवालय माविका पूर्व विद्यार्थी विकको मनिपाल शिक्षण अस्पतालकोे आइसियुमा राखेर उपचार भइरहको छ ।
यसैबीच सरोज सुवेदीको अध्यक्षतामा युवा रेडक्रस सर्कल शिवालयको पुनर्गठन गरिएको छ । उपाध्यक्ष रेनुका ओझा, सचिव प्रताप विक, कोषाध्यक्ष अंकिता तिमिल्सेना र सहसचिव आशीष सुवेदी छन् । सदस्यहरु समीक्षा रानामगर, विदुर अधिकारी, विपीन ओझा, आरती सुर्खाली र साधना ओझा छन् ।
सर्कलका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक नायक जयराम सुवेदीले रेडक्रसको महत्त्वमाथि प्रकाश पारेका थिए ।
रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको जन्मदिन मे ८ लाई विश्वभर रेडक्रस दिवस मनाउने गरिएको छ ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया