अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ घाेषित

समाधान संवाददाता २०७६ वैशाख २७ गते ८:३५

समाधान सम्वाददाता

अनुष्का श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०१९’ बन्न सफल भएकी छन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

कार्यक्रमकी मुख्य निर्णायक ईला शर्माले ‘हामीले अधिकारभन्दा कर्तव्यलाई बढी ध्यान दिएर काम गर्‍यौं भने यो संसाररसमाज उत्कृष्ट बनाउन सकिन्थ्योरु तपाईंको के राय छरुभन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै अनुष्काले उपाधि हात पार्न सफल भएकी हुन्।

यससँगै उनले यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्।

यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात पारिन्। मिस नेपाल अर्थको उपाधि भने रिया बस्‍नेतले जितिन्।

Advertisement

पपुलर च्वाइसः रिया बस्नेत

मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी

यमाहा मिस फ्यासिनोः अनुष्का श्रेष्ठ

ब्युटी विथ द पर्पोजः नितिका कर्माचार्य

मिस बेस्ट एथलेट्सः प्रदिप्ता अधिकारी

मिस कन्फिडेन्टः निशा पाठक

तपाईको प्रतिक्रिया