आजदेखि लेकसाइडमा ‘औरा बार एण्ड लाउन्ज’

समाधान संवाददाता २०७६ वैशाख २७ गते ११:५५

समाधान सम्वाददाता

पोखराको लेकसाइडमा आज शुक्रबारदेखि ‘औरा बार एण्ड लाउन्ज’ को औपचारिक रुपमा शुभारम्भ हुँदैछ । अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सो बारको ग्राण्ड ओपनिङ्गका लागि चर्चित पप गायक नवीन के भट्टराई र ख्यातिप्राप्त डिजे रुपेन पोखरा आउदैछन ।

लेकसाइडको अम्बोट स्थित माउन्ट कैलाश रिसोर्ट संगैको भवनमा करिब १० करोडको लगानीमा औरा बार एण्ड लाउन्ज खोलिएको हो । सो बारमा स्थापित पर्यटन व्यवसायी नरेश भट्टराईसहित डा. भुपेन्द्रकुमार तुलाचन र बेलायतमा बस्ने नेपाली विकास गुरुङले लगानी गरेका छन् ।

Advertisement

सञ्चालक नरेश भट्टराईका अनुसार सो बार दिउसो १ बजे देखि राती २ बजेसम्म खुल्ला रहनेछ । ‘साँझ ७ बजेबाट ११ बजेसम्म स्थापित ब्याण्डबाट लाइभ म्युजिक प्रस्तुत हुनेछ भने राती ११ बजेदेखि २ बजेसम्म लाइभ डिजे हुनेछ ।’ भट्टराईले भने–“यो लाउन्ज बारलाई पोखराकै उत्कृष्ठ बनाएका छौं ।’ बारको जुन सुकै ठाउमा बसेपनि समानढंगले सुनिने साउण्ड सिष्टम राखिएको उनले बताए । राती दुई बजेसम्म चले पनि रेष्टुरेन्ट बाहिर कुनै डिस्टर्ब हुनेछैन । शतप्रतिशत साउण्ड प्रुफ बनाइएको भट्टराईको दावी छ ।

करिब एक सय ५० जना सहजै बस्न सक्ने क्षमताको औरा बार एण्ड लाउन्जमा आकर्षक रुफ टप रेष्टुरेन्ट र ३५ जना अट्ने मिनी कन्फ्रेन्स हल समेत छ । बारमा आउनेलाई मनोरञ्जन प्रदान गर्न हरेक शुक्रबार नेपालका ख्याती प्राप्त ब्याण्डको सांगितिक प्रस्तुती राखिने जानकारी दिदैं सञ्चालक भट्टराईले हरेक बुधबार लेडिज नाइट गरिने बताए । लेडिजका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको सो बारमा अन्यले प्रवेशका लागि रु एक हजारको टिकट काट्नु पर्नेछ । टिकट काटेर भित्र प्रवेश गर्नेले एउटा क्यान वियर वा एक ग्लास वाइन वा एक पेग ह्विस्की निशुल्क पाउनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया