जागरण अभियानले गतिशीलता बढाउँछः पूर्णबहादुर खड्का

समाधान संवाददाता २०७६ वैशाख २७ गते १२:३६

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसकोे राष्ट्रिय जागरण अभियानले पार्टीलाई गतिशील बनाउने बताएका छन् । नेपाली कांग्रेस कास्कीद्वारा बिहीबार आयोजित अगुवा कार्यकताको भेलालाई सम्बोधन गर्दै महामन्त्री खड्काले जनजागरण अभियानले कांग्रेसलाई बलियो बनाउने मात्र होइन कि ओली सरकारका गलत कामहरुको भण्डाफोर गर्दै गाउँ गाउँमा पुर्‍याउन मद्धतसमेत पुग्ने बताए ।

उनले पार्टी अब विधि र प्रक्रिया अनुरुप चल्ने बताए । उनले हरेक कार्यकर्ताको मूल्यांकन हुने र अभिलेख तयार गरिने जानकारी दिए । पार्टीको झण्डा ओढेर पार्टी भित्रकै अन्तरघातिले कमजोर बनाएकाले अब त्यस्ता अन्तरघातिलाई कारवाही गर्ने उनले चेतावनी दिए । पार्टी भित्र संस्थागत भन्दापनि व्यक्तिगत प्रवृत्तिले त्यागि, इमान्दार र क्रियाशील कार्यकर्तालाई अन्याय भएको स्विकार गरे ।

Advertisement

महामन्त्री खड्काले पार्टी भित्र देखिएको गुट उपगुटका बारेमा निर्देशन दिंदै भने, ‘तपाईहरु कुनै गुटमा नलाग्नुस, मूल धमिलो भयो भने पनि अब फिल्टर गरेर पानी खाने प्रविधि आएको छ, तपाईहरु त्यस्तै कार्यकर्ता हो जो पार्टीलाई सधैं सञ्जिवनी प्रधान गर्दछ ।’ उनले थपे, ‘नेतालाई कार्यकर्ताले नै दवाद दिएर कार्यकर्तामुखि बनाउनु पर्छ । मेरो कमजोरी छ भने म पनि सच्चिन तयार हुन्छु, तपाईहरु त्यहि अभियानमा जुट्नुस ।’

उनले वर्तमान सरकारका बारेमा टिप्पणी गर्दै भने, ‘सरकार अधिनायकवाधि शैलिमा अगाडी बढेको छ । संविधान सम्झौताको दस्तावेज हो, संविधानलाई ख्याल नगरी संसदीय मूल्य र मान्यता अनुरुप ओली सरकार गएन भने त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । राजा आफ्नैं घमण्डले गएका हुन, त्यो कुरा २ तिहाई सरकारले बुझ्न जरुरी छ ।’

Advertisement

कार्यक्रममा कास्की कांग्रेस सभापति कृष्ण केसीले कांग्रेसले निर्वाचनमा हारेको पीडादेखि लिएर पार्टीको संगठनका बारेमा जानकारी गराए ।

कार्यक्रममा अगुवा कार्यकर्ता आइबहादुर गुरुङ, गंगा केसी, तारा ‘पाखे’, माया बराल, प्रमोद कोइलारा, गुरु बराल, रमेश पौडेल, भानु ढकाल, निर्मल कर्माचार्य, दीपक गुरुङ, मुक्ति अधिकारी, सिकन्दर गुरुङ (भोजबहादुर), राजेन्द्रनिधि कोइराला, उमेश पराजुली, हारुन खान, केशब भट्टराई, अमृत केसी, भीमबहादुर गुरुङ, लगायत दजनौं कार्यकर्ताले पार्टीको संगठनका बारेमा अवगत गराएका थिए ।

तपाईको प्रतिक्रिया