सिक्किममा टेवानको अन्तक्र्रिया

समाधान संवाददाता २०७६ वैशाख २७ गते १३:१८

समाधान संवाददाता
पोखरा

पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले सिक्किम, दार्जिलिङ लगायतका स्थानमा अन्तक्र्रिया गरेको छ । सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागको राज्य ग्रामीण विकास संस्थानको आयोजनामा कार्यक्रम भएको हो ।

टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले पर्यटन क्षेत्रमा महिलाको समान सहभागिताबिना पर्यटन क्षेत्रको विकास सम्भव नभएको बताइन् । उनले संस्थाले स्थापना वर्षदेखि नै पर्यटन प्रवद्र्धनका लागि विविध गतिविधि गर्दै आएको उनले बतइन् । सिक्किम राज्य ग्रामीण विकास संस्थाका असिस्टेन्ट डाइरेक्टर मनोज क्षेत्रीले महिला बिनाको ग्रामीण पर्यटन कल्पनासमेत गर्न नसकिने विचार राखे ।

Advertisement

सिक्किमको पर्यटनको अवस्थाबारे प्रस्तुतीकरण गर्दै उनले सिक्किममा पछिल्लो समयमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक बढ्दै गएको उल्लेख गरे । ग्रामीण पर्यटन विकासका लागि राज्य सरकारले नागरिकलाई होमस्टे मोडलका २ कोठे घर, तालिम साथै एक्सपोजर भिजिटको कार्यक्रम पनि सञ्चालन गरेको उनले जानकारी दिए ।

सन् २०११ मा सरकारले ७ सय ३६ घर बनाएर नागरिकलाई दिएको थियो । होमस्टेको सिकाई सिक्किमले नेपालको स्याङ्जा सिरुबारीबाट सिकेको उनको भनाइ थियो । राज्यले स्वदेशमै केही गर्न चाहने परिवार तथा युवालाई २० लाखसम्म बिनाधितो ऋृण उपलब्ध गराउने, आवश्यकता अनुसार अनुदान दिने गरेको उनले जनाए ।

Advertisement

भ्रमणमा निस्केको टेवान टोलीले सिक्किमका विभिन्न स्थान अवलोकनसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया