नेकपाको १४७ सदस्यीय पोलिटब्यूरो बन्दै, गण्डकीबाट को को, (नामावली सहित)

समाधान संवाददाता २०७६ वैशाख २७ गते १६:५३

समाधान सम्वाददाता

नेपाल कम्युनिष्ट पार्टीको पोलिटब्यूरो सदस्यहरुको अन्तिम टुङ्गो लागेको छ । नेकपा उच्च श्रोतले दिएको जानकारी अनुसार १४७ सदस्यीय पोलिटब्युरो समिति बन्दैछ । यसमा पूर्व एमालेबाट ८२ जना र माओवादीबाट ६५ जना रहने करिब करिब सहमति भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणबाट फर्केर आएपछि नामावली घोषणा गर्ने तयारी छ । नामावली तय गर्ने क्रममा नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समेत सहमत भैसकेको श्रोतले दावी गरेको छ ।

Advertisement

१४७ सदस्यीय पोलिटब्यूरोमा गण्डकी प्रदेशबाट १७ जनाको प्रतिनिधित्व हुने निश्चित छ । नेकपा उच्च श्रोतका अनुसार पूर्व एमालेबाट नौ जना र पूर्व माओवादीबाट ८ जनाको नाम तय भैसकेको छ । जस अनुसार एमालेबाट पृथ्वि सुब्बा गुरुङ, किरण गुरुङ, सोमनाथ प्यासी, काशिनाथ अधिकारी, जगत विश्वकर्मा, श्रीमाया थकाली, खगराज अधिकारी, तुलबहादुर गुरुङ र चुडामणि जंगली पोलिटब्युरो सदस्य बन्नेछन ।

त्यस्तै पूर्व माओवादीबाट नारायणकाजि श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा, हितराज पाण्डे, सुरेश आलेमगर, अमृता थापा र हरिराज अधिकारी नेकपाको पोलिटब्यूरो सदस्य बन्ने निश्चित छ । प्रधानमन्त्री ओली स्वदेश फर्केपछि मात्रै अन्तिम टुङ्गो लगाइने श्रोतले जानकारी दियो ।

Advertisement

तपाईको प्रतिक्रिया