तीन दिनसम्म माैसम बदली, हावाहुरीसहित वर्षाकाे आंकलन

समाधान संवाददाता २०७६ वैशाख २८ गते ९:५५

समाधान सम्वाददाता

आज दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रहनेछ ।

केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

त्यस्तै महाशाखाका अनुसार आजदेखि सोमबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा हुनेछ ।

मौसमविद विभूति पोखरेलले भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया