पाेखरामा एकाबिहानै डरलाग्दाे दृश्यः प्रारम्भिक अनुसन्धान भन्छ, नाथ्री फुटेकाे हाे

समाधान संवाददाता २०७६ वैशाख २९ गते ९:३१

समाधान सम्वाददाता

पोखरास्थित मानवअधिकार चोक नजिक एक घरकाे सटर अगाडी केही थाेत्रा कपडा र रगतजस्ताे राताे टाटाे देखिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले खाेजबिन थालेकाे छ ।

एकाबिहानै उक्त स्थलमा डरलाग्दाे दृश्य देखेपछि वाकमा निस्किएका व्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दिएकाे जानकारी अनुसार उक्त सामग्री सडक बालकहरुकाे हाे । त्यस्तै एक बालककाे पहिलेदेखि नाथ्री फुट्ने गरेकाे र साेही रगत भएकाे प्रहरीले जनाएकाे छ ।

Advertisement

यद्यपि, घटनास्थललाई नियाल्दा प्रहरीकाे उक्त भनाई पत्याउने आधार छैन । रगतकाे मात्रा अत्यधिक देखिनुले घटना श‌ंकास्पद मान्न सकिन्छ । प्रहरीले दुई जना सडक बालकलाई पक्राउ गरी अनुसन्धान शुरु गरेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया