रेडक्रसकाे निशुल्क आँखा शिविर

समाधान संवाददाता, पोखरा
नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाले विश्व रेडक्रस दिवसका अबसरमा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । शिविर उद्घाटन गर्दै पोखरा १० का अध्यक्ष राजकुमार गुरुङले स्थानीय ज्येष्ठ नागरिकको सम्मानमा राम्रो काम गरेको बताए ।
उपशाखा १० ले विश्व रेडक्रस दिवसमा आँखाको निशुल्क परीक्षण तथा बालबालिका अध्ययन गाउँका विद्यालयलाई युरो गार्ड हस्तान्तरण गरी मानवीय सेवामा उत्कृष्ठ काम गरेको अध्यक्ष गुरुङले बताए ।
कार्यक्रममा वडा नं १० लगायत छिमेकी वडाकासमेत ६५ वर्षदेखि ९९ वर्षसम्मका करिब १ सय १० जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए । हिमालय हिमालय आँखा अस्पताल, फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा भएको शिविरमा निशुल्क औषधि वितरण तथा चस्मा परीक्षण गरिएको थियो ।
शिविरमा हिमालय आँखा अस्पतालका नेत्र अधिकृत विनय बस्नेत, प्राबिधिक प्रविन पौडेल, भूपेन पोखरेल, उपशाखा १० का सभापति सम्मरबहादुर श्रेष्ठ, उपशाखाका सहकोषाध्यक्ष जमुना बराल, उपशाखाका स्वास्थ्य संयोजक नरहरि पनेरु, वडा सदस्य निशा मल्ल ठकुरी, फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारीका अध्यक्ष चन्द्रप्रसाद गुरुङ, ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीका सचिव इच्छाबहादुर वाग्ले, स्वयंसेवीका संस्था वडा नं १० का संयोजक गीता आचार्य, उपशाखाका सदस्य हरिमाया भूजेल, पूर्णप्रसाद तिमिल्सिना, उपशाखा उपसभापति जीवन श्रेष्ठ र सचिव सूर्यबहादुर बानिया लगायतले बोलेका थिए ।







अर्जुनचौपारी पोखरा समाजको अध्यक्षमा काफ्ले निर्वाचित
पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ
जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया