मदरल्यान्ड माविको अगुवाइमा सरसफाइ

समाधान संवाददाता २०७६ वैशाख २९ गते १४:३७

समाधान संवाददाता
पोखरा

१ सय ५४ ओैं हप्ताको पोखरा उपत्यका वृहत् सफाइ अभियान मदरल्यान्ड माध्यमिक विद्यालयको अगुवाइमा शनिबार भएको छ । ‘हप्तामा १ घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ पोखराको जिरो किलोमिटरबाट सुरु भएको सरसफाइ कार्यक्रम शान्तिनगर, बुलौंदी, गैरीखेत, पोखरीपाटन, श्रीकृष्ण माविको परिसर हुँदै मदरल्यान्डमा आएर समापन भएको अभियन्ता रामबहादुर पौडेलले जानकारी दिए ।

सरसफाइमा गण्डकी विकास बैंक, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पोखरा महानगरपालिकाको सरसफाइ शाखा, माछापुच्छ्र‍े महिला क्लब लगायत विभिन्न सामाजिक व्यक्तित्वको सहभागिता थियो ।

Advertisement

मदरल्यान्ड माविले आफ्नो रजतजयन्तीका अवसरमा वैशाख महिनालाई सरसफाइ महिनाकारुपमा अभियान चलाएर जाइकाबाट केही स्वयंसेवी प्रशिक्षकमार्फत विद्यालयमा बालबालिकामा सचेतना फैलाउने काम गरेको विद्यालयका प्राचार्य नारायण बरालले बताए ।

विद्यालय उमेर समूहका बालबालिका तथा विद्यार्थीमा सरसफाइको महत्व बुझाउने उद्देश्यले भएको कार्यक्रम वातावरण, समाज तथा टोल छिमेक सधैंका लागि सफा राख्न सबैमा सचेतना जगाएको प्रचार्य बरालले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया