अलकापुर टोल विकास संस्थाकाे रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन

समाधान संवाददाता २०७६ वैशाख २९ गते १४:४२

समाधान संवाददाता, पोखरा

पोखरा १५ अलकापुर टोल विकास संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘स्वस्थ्य जीवनका लागि रक्तदान’ नारासहित आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । रक्तदान शुभारम्भपछि पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले वडाबासीका लागि निशुल्क प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिँदै सेवा लिन आउनसमेत आह्वान गरे ।

संस्थाका अध्यक्ष लोकनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैकका प्रबन्धक झवनाथ ढकालले ५४ ओैं पटक रक्तदान गरेका थिए । संस्थाका सहसचिव लीला सुवेदी र संस्थाका सचिव मित्रलाल पौडेललगायत समिति सदस्यहरुले पहिलो पटक रक्तदान गरेका थिए ।

Advertisement

कार्यक्रम सफलताका लागि मेरिगोल्ड बोर्डिङ स्कुलका संस्थापक मोतीराम गुरुङल आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष लोकनाथ ढकालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया