अलकापुर टोल विकास संस्थाकाे रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन
समाधान संवाददाता
२०७६ वैशाख २९ गते १४:४२

समाधान संवाददाता, पोखरा
पोखरा १५ अलकापुर टोल विकास संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘स्वस्थ्य जीवनका लागि रक्तदान’ नारासहित आयोजित कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । रक्तदान शुभारम्भपछि पोखरा १५ का अध्यक्ष प्रकाश पौडेलले वडाबासीका लागि निशुल्क प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिँदै सेवा लिन आउनसमेत आह्वान गरे ।
संस्थाका अध्यक्ष लोकनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैकका प्रबन्धक झवनाथ ढकालले ५४ ओैं पटक रक्तदान गरेका थिए । संस्थाका सहसचिव लीला सुवेदी र संस्थाका सचिव मित्रलाल पौडेललगायत समिति सदस्यहरुले पहिलो पटक रक्तदान गरेका थिए ।
कार्यक्रम सफलताका लागि मेरिगोल्ड बोर्डिङ स्कुलका संस्थापक मोतीराम गुरुङल आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष लोकनाथ ढकालले जानकारी दिए ।
सम्बन्धित









जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
मानवअधिकार उल्लंघनकर्तालाई कारवाही माग
लेखनाथ महोत्सवलाई आमा समूहको साथ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया