बहादुरे माविमा युनाइटेडको सहयोग

समाधान संवाददाता २०७६ वैशाख २९ गते १५:०१

समाधान संवाददाता, पोखरा

युनाइटेड क्लबले नवौं वार्षिकोत्सवको अवसर पारी कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरे देउरालीमा रहेको बहादुरे माविमा खेलकुद सामग्री प्रदान गरेको छ । पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबले वार्षिकोत्सवको अवसर पारी हालै बहादुरे माविमा अध्ययनरत विद्यार्थीलाई खेलकुदका सामग्री प्रदान गरेको हो ।

क्लबका अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष सुकबहादुर गुरुङसहित पुगेको क्लबका पदाधिकारी तथा साधारण सदस्यको टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताइकाजी गुरुङ र विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद पौडेललाई खेलकुदका सामग्रीहरु फुटबल, बास्केटबल, चेस, ब्याडमिन्टन, हेन्डबल, क्रिकेट सेट, भलिबल जाली, फुटबल जाली, लुडो, खेलकुद जर्सी र स्पिकर हस्तान्तरण गरेका थिए ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताइकाजी गुरुङले पोखरामा रही समाजिक कामबाट नाम कमाउन सफल युनाइटेड क्लबले आफ्नो विद्यालयका विद्यार्थीलाई सम्झेर खेलकँद सामग्री प्रदान गरी प्रेरणा थपेको बताए । क्लबका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा मानव निर्मित खुला चिडियाखाना र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको सुनाए ।

विद्यालयका प्रध्यानाध्यापक रामप्रसाद पौडेलले विद्यार्थीलाई लक्ष्य गरी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । खेलकुद वितरण कार्यक्रमका संयोजक तथा युनाइटेड क्लबका कार्यसमिति सदस्य विष्णुकुमार गुरुङले युनाइटेड क्लबले पोखरा महोत्सवकै आयोजना गरी दुरदराजमा रहेका विद्यार्थीलाई लक्ष्य गरी खेलकुदका कार्यक्रममा पहुँच पुगोस् भन्ने अभिप्रायले बहादुरे माविलाई खेलकुद सामग्री प्रदान गरिएको जनाए ।

Advertisement

युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका महासचिव शान्तबहादुर थापाले गरेका थिए । उक्त अवसरमा क्लबका निवर्तमान अध्यक्ष शुकबहादुर गुरुङ, क्लवका द्वितीय उपाध्यक्ष लोक बहादुर थापा, एन्फा कास्कीका सदस्य ऐनदल गुरुङ, क्लवका कार्यसमिति सदस्यहरु दिनेश सुनार, जयराम आचार्य, पूर्ण श्रेष्ठ लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया