४० गोर्खालीले बाबुरामलाई छोडे, भन्छन–भट्टराई झनै स्खलित भए

डा.बाबुराम भट्टराईलाई साथ दिदैं उनको पार्टी नयाँ शक्तिमा आवद्द भएका गोरखा जिल्लाका ४० जना नेता कार्यकर्ताले एक साथ बाबुराम भट्टराईको साथ छोडेका छन् । पूर्व माओवादी नेता डा.भट्टराई गोरखाली नेता हुन । उनले संघीय समाजवादी फोरमसंग पार्टी एकता गरेपछि उनकै गृह जिल्लामा ठुलो असन्तुष्टी छ ।
बाबुरामको साथ छोड्नेमा पूर्वनयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहितका नेता कार्यकर्ता छन् । उनीहरु सबै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित गोखरा जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश नराल, रवि राना, धनबहादुर तामाङ, सनक उपकोटीलगायत नेता कार्यकर्ता पार्टी परित्याग गरी शनिबार नेकपामा प्रवेश गरेका हुन्।
देशमा राजनीतिक क्रान्ति सफल भइसकेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीले देशको आर्थिक सामाजिक क्रान्तिको नेतृत्व गर्लाभन्दा झन् स्खलित हुँदै गएकोले पार्टी परित्यागको घोषणा गरेको उनीहरूले बताएका छन्। पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरूमा जङ्ग गुरुङ, प्रकाश कुँवर, नारान पुलामी, नरेश बराम, लेसन तामाङ, अमर गुरुङ, राजकुमार गुरुङलगायत रहेको नेकपा गोरखा अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए।
त्यस्तै जिल्लाको सिराचोक गाउँपालिकामा क्रियाशील नयाँशक्ति पार्टीका अशोक गुरुङ, बिकल गुरुङ, अनुप गुरुङ राजकुमार गुरुङ, साजन गुरुङ, विजय गुरुङ, मनिलाल गुरुङ र शिव गुरुङलगायत पनि पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन्।
पार्टी परित्याग गर्ने अन्य नेता कार्यकर्तामा ताङलीचोकका दीपक सुनार, सुमिन गुरुङ, सागर गुरुङलगायत छन्। नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेकपाका केन्द्रीय सदस्य कृष्ण धितालले स्वागत गरेका थिए।
उक्त पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण भएसँगै जिल्लाका नयाँ शक्ति पार्टीमा आबद्ध युवाले असन्तुष्टि जनाएर नेकपामा प्रवेश गरेका हुन् । राससको सहयोगमा









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया