बेनिली किनेका राजुलाई थाइल्यान्ड भ्रमण उपहार

समाधान संवाददाता २०७६ वैशाख २९ गते १७:४६

समाधान संवाददाता

बेनिली मोटरसाइकलले गत वर्ष चलाएको अफरमा पोखरा जाल्पारोडका राजु शिवभक्तिले थाइल्यान्ड भ्रमणको प्याकेज जितेका छन् । २०७५ सालभर बेनिलीका मोटरसाइकल किन्ने ग्राहकमध्येबाट १ जनालाई उक्त उपहार राखिएको थियो ।

बेनिली मोटरसाइकलका लागि गण्डकी प्रदेशको आधिकारिक बिक्रेता बेनिली पोखरा लोमस इन्टरप्राइजेज प्रालिले अफर सञ्चालन गरेको थियो । शिवभक्तिले लोमस इन्टरप्राइजेजबाट बेनिली टिएनटी ३०० मोटरसाइकल किनेका थिए । शिवभक्तिले ४ रात ५ दिन थाइल्यान्ड भ्रमण गर्न पाउने जानकारी इन्टरप्राइजेजका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले दिए । आइतबार गोलप्रथाबाट भाग्यशाली ग्राहक छनोट गर्दा शिवभक्तिको नाम निस्किएको थियो । भाग्यशाली ग्राहक छनोट प्रक्रिया लोमस इन्टरप्राइजेजले आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया