सयमा सत्यमाेहन

समाधान संवाददाता २०७६ वैशाख ३० गते ९:१४

समाधान सम्वाददाता

ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको जन्मशताब्दीको अवसरमा वर्षभरी विभिन्न कार्यक्रम गर्ने भएको छ ।

आजबाट सय वर्ष पुगेका जोशीको सम्मानमा महानगरले आफना मातहका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने भएको छ । पाटन दरवारबाट जोशीलाई वग्गीमा राखेर नगर परिक्रमा गराउने कार्यक्रम रहेको महानगरले जनाएको छ ।

महानगरपालिकाले जोशीको सम्मानमा उनको प्रतिमासहितको पार्क स्थापना गर्ने, वाङ्मय क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तिहरुलाई सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्ने, कलाकार अरनिको र जोशी बारे कला प्रदर्शन गरिने, ‘सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र’ स्थापना लगायतका कार्यक्रम तय गरिएको नगरप्रमुख महर्जनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया