‘को बन्छ करोडपति’ मा राजिव जैनले जिते १ करोड

समाधान संवाददाता २०७६ वैशाख ३० गते १२:३४

समाधान संवाददाता, काठमाडाैं

‘को बन्छ करोडपति’ टेलिभिजन शो मा राजिव जैनले १ करोड रुपैयाँ जितेका छन् ।

आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । ‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

Advertisement

२००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन्।

जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे।

Advertisement

शो कार्यक्रम एपी वान एचडि टेलिभिजनमा प्रशारण हुदैँ आएको छ।

तपाईको प्रतिक्रिया