न्युरोलोजिकल कोर्समा कार्यशाला

समाधान संवाददाता, पोखरा
मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्युरोलोजिकल लाइफ सपोर्ट कोर्स सम्बन्धी १ दिने कार्यशाला भएको छ । अमेरिकाको न्युरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्युरोलोजिकल लाइफ सपोर्ट कोर्सको कार्यशाला पोखरामा नै पहिलोपटक मनिपाल शिक्षण अस्पतालमा भएको हो ।
न्युरोलोजिकल र न्युरोसर्जिकल रोगको समस्या र समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक डाक्टर बालगोपाल कर्मचार्यले जानकारी दिए । टाउको र मस्तिष्कको चोटपटक, मेरुडण्डको चोटपटक, मस्तिष्क पक्षघात, ब्रेन हेमोरेज, छारेरोग, मस्तिष्क र मेरुडण्डको संक्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई सुरुको अवस्थामा तत्काल के कस्ता उपचारका उपाय गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा छलफल भएको डाक्टर कर्मचार्यले जानकारी दिए ।
कार्यक्रममा महाराजगन्ज शिक्षण अस्पतालका न्युरोक्रिटीकल बिशेषज्ञ डाक्टर जेन्टल सुन्दर श्रेष्ठ र डाक्टर प्रज्ञा आचार्य, न्युरो अस्पताल बासबारी काठमाडौंका डाक्टर मयुशबहादुर मुनान्कामी र डाक्टर सुवाष लोहनी, मनिपाल शिक्षण अस्पतालका डाक्टर निकुञ्ज योगी र डाक्टर हरि पौडेलले प्रशिक्षण दिएका थिए ।
कार्यशालमा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आइसीयु र न्युरो आइसियुमा कार्यरत ८३ जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो ।









मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया