न्युरोलोजिकल कोर्समा कार्यशाला

समाधान संवाददाता, पोखरा
मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्युरोलोजिकल लाइफ सपोर्ट कोर्स सम्बन्धी १ दिने कार्यशाला भएको छ । अमेरिकाको न्युरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्युरोलोजिकल लाइफ सपोर्ट कोर्सको कार्यशाला पोखरामा नै पहिलोपटक मनिपाल शिक्षण अस्पतालमा भएको हो ।
न्युरोलोजिकल र न्युरोसर्जिकल रोगको समस्या र समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक डाक्टर बालगोपाल कर्मचार्यले जानकारी दिए । टाउको र मस्तिष्कको चोटपटक, मेरुडण्डको चोटपटक, मस्तिष्क पक्षघात, ब्रेन हेमोरेज, छारेरोग, मस्तिष्क र मेरुडण्डको संक्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई सुरुको अवस्थामा तत्काल के कस्ता उपचारका उपाय गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा छलफल भएको डाक्टर कर्मचार्यले जानकारी दिए ।
कार्यक्रममा महाराजगन्ज शिक्षण अस्पतालका न्युरोक्रिटीकल बिशेषज्ञ डाक्टर जेन्टल सुन्दर श्रेष्ठ र डाक्टर प्रज्ञा आचार्य, न्युरो अस्पताल बासबारी काठमाडौंका डाक्टर मयुशबहादुर मुनान्कामी र डाक्टर सुवाष लोहनी, मनिपाल शिक्षण अस्पतालका डाक्टर निकुञ्ज योगी र डाक्टर हरि पौडेलले प्रशिक्षण दिएका थिए ।
कार्यशालमा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आइसीयु र न्युरो आइसियुमा कार्यरत ८३ जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सहभागिता थियो ।








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया