पत्रकार मिनालाई राजधानीमा गाेली हानी हत्या
बीबीसी, अफगानिस्तान
टेलिभिजन प्रस्ताेताबाट राजनीतिमा उदाउँदै गरेकी मिना मंगललाई शनीबार दिउँसाे काबुलमा गाेली हानी हत्या गरिएकाे छ ।
उनकाे हत्याकाे निन्दा गर्दै अफ्गानी राजनीतिज्ञहरु र महिला अधिकार कार्यकर्ताहरुले न्यायका लागि माग गरेका छन् ।
प्रहरीले अनुसन्धान थाले पनि उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन ।
शनिवार प्रकाशित एक वक्तव्यमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको जनाएको छ।
मङ्गलले आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको आफ्नाे फेसबुकमा पाेस्ट गरेकी थिइन् ।
प्रेस अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०१८ मा पत्रकारहरूका निम्ति सबभन्दा खतरनाक देशको सूचीमा अफगानिस्तानलाई राखेको थियो।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया