मनिपालमा कार्यरत नर्सहरुद्वारा हेप्पीहाेमलाई सहयोग

समाधान संवाददाता २०७६ वैशाख ३१ गते १२:४३

समाधान संवाददाता, पोखरा

विश्व नर्स दिवसको अवसरमा मनिपालमा कार्यरत नर्सहरुले माटेपानीस्थित हेप्पीहोममा सहयोग गरेका छन् । होमका वृद्धवृद्धालाई मेडिकल सामग्री सहयोग गरेका हुन् । मनिपाल शिक्षण अस्पतालमा आयोजित कार्यक्रममा हेप्पी होमका सचिव रोमा रावत शाक्यलाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।

नर्सहरुले २ थान ह्विलचेयर, प्रोटेबल ट्वाइलेट, स्टिम इन्हेलर, तातो पानी राख्ने ब्याग र खकार फाल्न सजिलो हुने टिनको मग सहयोग गरेका थिए । २०७५ मंसिरदेखि वैशाखसम्म हेप्पी होममा सेवा लिन आएका वृद्धवृद्धालाई नर्स समूहले निशुल्क नर्सिङ सेवासमेत दिएका थिए ।

Advertisement

मनिपाल नर्सिङ समूहले विभिन्न कार्यक्रमसँगै सामाजिक संघ संस्थालाई भौतिक सहयोग गरेका छन् । हेप्पीहोमलाई गत वर्ष नगद ५० हजार सहयोग प्राप्त भएको हेप्पीहोमका अध्यक्ष यज्ञमान शाक्यले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया