अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो

समाधान संवाददाता २०७६ वैशाख ३१ गते १२:४९

समाधान संवाददाता, पोखरा

नेपाल नर्सिङ संघ कास्कीले नर्सिङ दिवस मनाएको छ । ‘सवैको स्वास्थको लागि नर्सको नेतृत्व युक्त आवाज’ भन्ने नाराका साथ सुरु भएको र्‍याली चिप्लेढुंगाबाट सुरु गरी सभागृहमा समापन भएको थियो । कोण सभामा नेपाल नर्सिङ संघ केन्द्रीय उपाध्यक्ष प्रा. निता ताम्राकारले नर्सको एकतामा जोड दिइन् ।

नर्सिङ संघ कास्कीका अध्यक्ष क्षेत्रकुमारी रोकाको नेतृत्वमा भएको सभामा भाग लिएका र्‍याली प्रदर्शन गर्ने चरक एकेडेमी प्रथम भएको थियो ।

चिकित्स शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पस पोखरा दोस्रो र गण्डकी मेडिकल कलेज तेस्रो भएको सचिव मुना सिलवालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया