चोरी भएका शालिग्रामको रथयात्रा

रामकृष्ण लामिछाने
पर्वत
मोदीवेनी स्थीत नृसिंह मन्दिरबाट चोरी भएका शालिग्राम शिला क्षमापूजा गरी फेरि मन्दिरमा प्राणप्रतिष्ठा गरिने भएको छ । मन्दिरबाट चोरी भएका शिला भेटिएपछि मन्दिर भित्र्याउन लागिएको नृसिंह मन्दिर संरक्षण समितिले जनाएको छ ।
आगामी जेठ ३ गते नृसिंह भगवानको जन्मदिनको अवसरमा क्षमापूजा र अखण्डकीर्तन गरी शिला मन्दिर भिर्याउन थालिएको हो । सोमबार सदरमुकाम कुश्मा बजारमा शिलाहरुको रथयात्रा र शोभायात्रा गरी मोदीबेनीमा पुर्याइने नृसिँह मन्दिर मोदीबेनी अध्यक्ष केशवदास बैरागीले बताए ।
फागुन ४ गते चोरी भएका ४७ वटा शिला २० दिनपछि भेटिएका थिए । शालिग्रामलाई हिन्दु धर्ममा साक्षत विष्णुको रुपका रुपमा पूजा गरिन्छ ।
मोदीबेनीबाट हराएका शालिग्राम शिला भगवानको शक्तिकै कारण फेला परेको जगतगुरु बालसन्त मोहन शरण देवाचार्यले दाबी गरे । यो मन्दिरमा २ सय वर्ष पुराना र दुर्लभ शालिग्राम शिला छन् ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया