विकासमा राजनीतिभन्दा माथि उठ्नु पर्दछः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठ्नुपर्नेमा जोड दिएका छन् । पोखरा १४ देउराली टोलमा निर्माण गरिएको खानेपानी बोरिङ एवं पक्की भवनको सोमबार उद्घाटन कार्यक्रममा उनले स्वच्छ एवं शुद्ध पानी पिउन पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गरे ।
उनले प्रदेश सरकारको २ वर्षभित्र १ घर १ धारा पुर्याउने अभियानलाई बोरिङ सञ्चालनले सहयोग पुर्याउने बताए । प्रदेशमा ६ हजारभन्दा बढी नयाँ धारा जडान गरिसकेको मुख्यमन्त्री गुरुङे बताए । भौतिक योजना तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले बोरिङ खानेपानीको शुद्धीकरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
सरकारको मुख नताकी जनस्तरबाट बोरिङको सञ्चालन गरी खानेपानीको व्यवस्था गर्नु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यस्ता कार्यले समाजलाई संगठित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । दुर्गा भगवती र देउराली टोलमा १÷१ वटा खानेपानी बोरिङ र पक्की भवनसहित ३२ लाख ७४ हजार १ सय ६६ खर्च भएको बोरिङ उपभोक्ता समितिका अध्यक्ष शिवप्रसाद पोख्ररेलले जानकारी दिए ।
खानेपानीको हाहाकार भएपछि २०६२ सालमा स्थानीयको सक्रियतामा १७ लाख लागतमा बोरिङ पानीको सुविधा पुर्याउँदै आएको बताउँदै उनले बस्ती विस्तारकासंँगै पानीको माग बढेपछि १८ लाख ८ हजार लागतमा नयाँ बोरिङ सञ्चालनमा ल्याइएको बताए ।
खानेपानी पाइप विस्तारका लागि पोखरा महानगरपालिकाबाट २० लाख रुपैयाँ प्राप्त भएको छ । २ वटा बोरिङबाट दुर्गा भगवती, देउराली, नयाँ शिवालय, माथिल्लो शान्ति, तल्लो नयाँ विकास, राधाकृष्ण, खाल्टे, मनकामना, शुभकामनाटोलका १ हजार ६७ घरपरिवारलाई खानेपानी सुविधा पुगेको छ ।
कार्यक्रममा बोरिङ सञ्चालनमा उल्लेखनीय सहयोग गरेबापत वडाध्यक्ष प्रेमबहादुर कार्कीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । उद्घाटन कार्यक्रममा गोकर्ण कार्की, डा. परमेश्वर पोखरेल, रेमश जिसी, मोतीबहादुर बानिया, नारायणप्रसाद भण्डारी लगायतले बोलेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया