जाजरकोटबाट विप्लव समूहका कार्यकर्ता पक्राउ

समाधान संवाददाता २०७६ जेठ १ गते ११:३६

रासस, जाजरकाेट

जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले मंगलबार राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओलीले जानकारी दिए।

Advertisement

पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पुर्‍याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया