मादक पदार्थ सेवन गर्ने चलाक पक्राउ

समाधान संवाददाता २०७६ जेठ १ गते ११:४७

समाधान संवाददाता, दमौली

मादक पदार्थ सेवन गरी बस चलाउने चालक पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले दमौलीमा मंगलबार गरेको चेकिङको क्रममा मादक पदार्थ सेवन गरी बस चलाउने शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडा निवासी कमलबहादुर थापा पक्राउ परेका हुन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ भएर सञ्चालन हुने सार्वजनिक यातायातका चालकको मापसे चेक गर्ने क्रममा ग १ ख ५७५१ नं को बसका चालक थापाले मादक पदार्थ सेवन गरेको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई पक्राउ गरी बस नियन्त्रणमा राखिएको छ । पक्राउ परेका थापालाई कानुन अनुसारको कारवाही गरिने अधिकारीले बताए ।

Advertisement

प्रहरीले काठमाडौंदेखि पोखरा गुड्ने माइक्रो र दमौलीदेखि पोखरासम्म गुड्ने सार्वजनिक बसमा चेकजाँच गरेको थियो । उनले भने, ‘लामो दूरीमा चल्ने सवारी साधनको गति र छोटो दूरीमा चल्ने सवारी साधनमा मादक पदार्थ सेवन गरे÷नगरेको बारे चेकजाँच गरेका थियांै, यो कार्य निरन्तर चल्नेछ ।’

Advertisement

तपाईको प्रतिक्रिया