‘कलाकार व्यावसायिक बनाउनुपर्छः संसाद मिना गुरुङ

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका सांसद मीना गुरुङले साहित्य र चलचित्रकर्मीहरुको लागि सौन्दर्य पनि उत्तिकै आवश्यक भएको बताएकी छन् । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को आयोजनामा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पोखरामा सञ्चालन भएको सौन्दर्य शास्त्र, साहित्य र चलचित्र विषयक गोष्ठीको उद्घाटन गर्दै सांसद गुरुङले साहित्य र चलचित्रकर्मीका लागि सौन्दर्य पनि उत्तिकै आवश्यक भएको बताएकी हुन् ।
देशको कला संस्कृति र मौलिकपनलाई संरक्षण गर्न सबैलाई आग्रह गर्दै सांसद गुरुङले कलाकारलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिइन् । वरिष्ठ साहित्यकार राजन मुकारुङले गोष्ठीमा सहजीकरण गरेका थिए । गोष्ठीमा ५५ जनाको सहभागिता रहेको जिफानले जनाएको छ ।
जिफानका अध्यक्ष गिरीप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रथम उपाध्यक्ष भोजबहादुर गुरुङ, सल्लाहकार कृष्ण गुरुङ लगायतले बोलेका थिए । कलाकारलाई सशक्तीकरणका लागि उक्त गोष्ठी आयोजना गरिएको अध्यक्ष गुरुङले जनाए ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया