७८ लाख घुस खाएको आरोपमा अख्तियारका पूर्व आयुक्तलाई अदालत लगियो

समाधान संवाददाता २०७६ जेठ १ गते १७:४०

समाधान सम्वाददाता

घुस काण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् ।

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको अभियोग लागेका पाठक बुधबार अदालतमा उपस्थित भएका हुन् ।

भ्रष्टाचार मुद्दामा थुनछेक बहसका लागि पाठक अदालत हाजिर भएको अदालतले जनाएको छ ।

पाठकको मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ ।

बयानपछि बुधबार नै थुनछेकको लागि सुनुवाइ हुनेछ ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र त्यसको (ज) अनुसार कारबाही माग गरिएको छ। त्यसमा दफा २४ अनुसार थप सजाय माग गरिएको छ।

कसुर प्रमाणीत भए यी दुवै कानुन अनुसार  पाठकले  ९ देखि ११ वर्षसम्म कैद भुक्तान र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने छ।

तपाईको प्रतिक्रिया