कांग्रेस निकट कर्मचारीद्वारा मन्त्रीका स्वकीय सचिवमाथि हातपात

समाधान सम्वाददाता
नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवका स्वकीय सचिव प्रेम आचार्यमाथि मन्त्रालयभित्रै हातपात गरेका छन्। आचार्य मन्त्रालयका उपसचिव हुन्।
बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८र१० जनाले सरूवामा घुस खाएको भन्दै वादविवाद गरेका थिए। विवाद बढ्दै जाँदा उनीहरूबीच हात हालाहालको अवस्था बनेको थियो। घटना हुँदा मन्त्री यादव पनि कार्यकक्षमै थिए।
भण्डारीलगायत नेतारकार्यकर्ताले मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभागमा सरूवा नगरी पैसा खाएर अर्का उपसचिव विनोद खड्कालाई सरूवा गरेको आरोप लगाएका थिए।
होहल्ला बढेपछि मन्त्री यादव बाहिर आएर घुस खाएको भए प्रमाण ल्याएर आउन भनेका थिए। उनले नत्र कर्मचारीको सरूवा मन्त्रालयको प्रशासनिक अधिकार भएको बताएका थिए।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया