चट्याङले ज्यान लियो
समाधान संवाददाता
२०७६ जेठ २ गते १४:१६

समाधान संवाददाता
बागलुङ
बागलुङको गलकोट नगरपालिका–११, रिघा तुतुंगाम छिचिम्रामा चट्याङ लागेर मंगलबार १ महिलाको ज्यान गएको छ । घरको नजिकै घाँस काट्दै गर्दा स्थानीय ३८ वर्षीया पूर्णा श्रीसको चट्याङ लागेर मृत्यु भएको वडाध्यक्ष डम्बर श्रीसले बताए । शव पोस्टमार्टम गरेर आफन्तलाई बुझाइसकिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया