अमेरिकामा साइबर आक्रमणको आशंकामा राष्ट्रिय संकटकाल घोषणा

एजेन्सी, अमेरिका
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरी देशमा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। अमेरिकामा ठूलो साइबर आक्रमण हुने आशंका भएको र उक्त आक्रमण रोक्न ट्रम्पले साइबर संकटकाल घोषणा गरेका हुन्।
अमेरिकाका कम्प्युटरलाई ह्याकरबाट बचाउन ट्रम्पले उक्त संकटकाल घोषणा गरेका बिबिसीको समाचारमा उल्लेख छ।
यो संकटकालसँगै अब अमेरिकी कम्पनीहरूले विदेशी टेलिकम कम्पनीले उत्पादन गरेका उपकरण किन्न पाउने छैनन्।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा यो संकटकालले सूचना प्रविधि पूर्वाधार र सेवा क्षेत्रका कमीकमजोरीको फाइदा उठाउने विदेशी प्रतिद्वन्द्वी प्रभावबाट अमेरिकालाई बचाउने भनिएको छ।
विदेशी टेलिकम कम्पनीका पूर्वाधार प्रयोगले राष्ट्रिय सुरक्षामा जोखिम भएको र साइबर आक्रमण खतरा बढेको भन्दै ट्रम्पले संकटकाल घोषणा गरेका हुन्।
ट्रम्पको आदेशमा कुनै देशको नाम उल्लेख नभए पनि विश्लेषकहरूले यो संकटकाल मुख्यरूपमा चीन लक्षित भएको बताएका छन्।
चिनियाँ कम्पनी हुवावेलाई साइबर अपराधमा संलग्न भएको भन्दै अमेरिकाले आफ्ना संघीय निकायहरूलाई हुवावेका उत्पादन प्रयोग गर्न रोक लगाइसकेको छ। हुवावेका उत्पादनमार्फत् चीनले निगरानी गर्नसक्ने आशंका अमेरिकाको छ।
आफूले मात्र होइन, आफ्ना मित्र देशलाई पनि हुवावे उत्पादन प्रयोग नगर्न अमेरिकाले सुझाएको छ। अस्ट्रेलिया र न्युजिल्याण्डले आफ्ना फाइभ जी सञ्जालमा हुवावेका उत्पादन प्रयोग रोकिसकेका छन्।
यता हुवावेले भने अमेरिकाले लगाएका आरोपको प्रतिवाद गर्दै आएको छ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया