‘कम्पोस्ट मल बिन’ प्रति गृहिणीको आकर्षण

समाधान संवाददाता २०७६ जेठ ३ गते १२:२८

समाधान संवाददाता
पोखरा

घरेलु फोहोरको व्यवस्थापन गर्दै मल बनाउने भाँडा ‘कम्पोस्ट मल बिन’ महिलाको रोजाइ बनेको छ । भान्साको फोहोरको व्यवस्थापन पनि हुने र कौसी तथा करेसाबारीको तरकारीलाई मल पनि पुग्ने भएपछि यसतर्फ गृहिणीको आकर्षण बढेको हो ।

१ हजार ५ सय रुपैयाँ पर्ने कम्पोष्ट मल बिनमा पोखरा महानगर वडा नम्बर ८ कार्यालयले उपभोक्तालाई आधा मूल्य अनुदान दिएको छ । यसको माग बढ्दै गएपछि बिहीबार सिमलचौरस्थित प्रतिभा मिलन आमा समूहका सदस्यलाई कम्पोष्ट मल बिन वितरण गरिएको छ ।

Advertisement

पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले आमा समूहमा आबद्ध ५५ जनालाई कम्पोष्ट मल बिन वितरण गरे । कार्यक्रममा अध्यक्ष बरालले वितरण गरिएको भाँडालाई आफ्नैं सम्झिएर जतनका साथ सदुपयोग गर्न आग्रह गरे । वडामा सडक विस्तार लगायत भौतिक विकासका थुप्रै्र कार्य भएको उल्लेख गर्दै अब वातावरण तथा आत्मानिर्भरसम्बन्धी कार्यक्रमलाई पनि वडाले प्राथमिकतामा राखेको जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, कृषि महाशाखा वडा ८ सञ्जालका संयोजक सरस्वती थापा, वडा सदस्य पुष्पराज सिग्देल लगायतले कौसी खेती तथा कम्पोस्ट मल बिनको महत्वबारे प्रकाश पारे । प्रतिभा मिलन आमा समूहका अध्यक्ष कमलाकुमारी शर्माको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया