१ करोड २३ लाख बक्यौता असुल

समाधान संवाददाता २०७६ जेठ ३ गते १४:०८

कृष्ण न्यौपाने
दमौली

नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले चालु आर्थिक वर्षको ९ महिनामा १ करोड २३ लाख ३ हजार आठ सय ६१ बक्यौता रकम असुल गरेको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को साउनदेखि चैत मसान्तसम्म विद्युत बक्यौता नतिर्ने ग्राहकको लाइन काटेर केन्द्रले बक्यौता असुल गरेको हो ।

७ सय ५८ ग्राहकले विद्युत बक्यौता भुक्तानी नगरेको र लाइन काटेपछि ६ सय ५६ ग्राहकले बक्यौता रकम भुक्तानी गरेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । उनका अनुसार बक्यौता बुझाउने ग्राहकको लाइन पुन जडान गरिएको छ ।

Advertisement

केन्द्रले ६० आंै दिनभन्दा बढी समयसम्म महसुल नतिर्ने ग्राहकको लाइन दैनिक रुपमा काटेको छ । विद्युत महसुल संकलन विनियमावली २०७३ को विनियम ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ गरेको ७ दिनभित्र महसुल बुझाउने ग्राहकलाई बिल रकमको २ प्रतिशत छुट प्रदान गरिन्छ भने ८ दिनदेखि २२ आंै दिनभित्र महसुल बुझाएमा बिल अनुसारको महसुल लाग्नेछ ।

गोशलीका अनुसार मिटर रिडिङ गरेको २३ आंै दिनदेखि ३० औं दिनसम्म विद्युत महसुल बुझाएमा ५ प्रतिशत थप दस्तुर र ३१ आंै दिनदेखि ४० आंै दिनसम्म विद्युत महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्नेछ । साथै ४१ आंै दिनदेखि माथि थप २५ प्रतिशत दस्तुर तिर्नुपर्ने हुन्छ । विनियमावलीको विनियम १० अनुसार मिटर रिडिङ गरेको ६० औ दिनसम्म विद्युत महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत लाइन काट्ने व्यवस्था रहेको गोशलीले जानकारी दिए ।

Advertisement

१ सय १७ लाई कारवाही
केन्द्रले सोही अवधिमा अनाधिकृत रुपमा विद्युत चुहावट गर्ने १ सय १७ ग्राहकलाई कारवाही गरेको छ । वितरण केन्द्रले कारवाहीबाट ५ लाख ८८ हजार ८ सय १२ असुल गरेको छ । मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्ने÷बिगार्नेलाई कारवाही गरिएको केन्द्रले जनाएको छ ।

विद्युत चुहावट नियन्त्रण कार्य अन्तर्गत बन्द भएका, बिग्रिएका, मिटर फेर्ने, मिटरको छड्के निरीक्षण गर्ने, मिटर रिलिसिङ गर्ने, ठूला ग्राहकको टि.ओ.डि. मिटरको खपत युनिट डाउनलोड गरी डाटा एनलाइसिस गर्ने, ट्रान्सफर्मर थप्ने, नयाँ लाइन विस्तार गर्ने, नांगो तारलाई नयाँ कालो तारले विस्थापित गर्ने कार्य भइरहेको गोशलीले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा ३ हजार २९ वटा बन्द÷बिग्रिएका मिटर फेरिएको छ भने ७ सय ४३ ग्राहकहरुको मिटर रिसिलिङ तथा १ हजार १ सय ग्राहकको मिटर छड्के निरीक्षण गरिएको छ । ग्राहकको टि.ओ.डि. मिटरको खपत चेक गरी हेर्दा छुट भएको करिब रु ३९ लाख २० हजार ३ सय ९१ बराबरको फाइल पेश भएकोमा रु २८ लाख ६४ हजार ५ सय ९६ रकम छुट युनियन स्वीकृत भइआएको छ । स्वीकृत भएको छुट युनिट रकमको भुक्तानी सम्बन्धित ग्राहकहरुबाट असुलीको लागि पहल भइरहेको केन्द्रले जनाएको छ ।

विद्युत चुहावट घट्यो
केन्द्रलाई चालु आर्थिक वर्षमा विद्युत चुहावट घटाउन सफलता मिलेको छ । अघिल्लो वर्ष २०७४ साउन महीनामा भएको २४.८८ प्रतिशत विद्युत चुहावट २०७५ चैत महीनामा आउँदा ४.६९ प्रतिशतमा कायम राख्न वितरण केन्द्र सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को समग्र विद्युत चुहावट १६.६७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म समग्र चुहावट ७.८३ प्रतिशत मात्रै रहेको केन्द्रले जनाएको छ ।

गोशलीले भने, ‘विद्युत चुहावटमा नियन्त्रण कडाई गरिएकै कारण विद्युत चुहावट घट्न सम्भव भएको हो ।’ उनका अनुसार ठूला ग्राहकको मिटर नियमित निरीक्षण, डाटा डाउनलोड, डाटा एनलाइसिस गर्ने, बन्द मिटर फेर्ने, सामुदायिक थोक मिटरमा एचटी मिटर राखिएको कारण पनि विद्युत चुहावट घटाउन सहज भएको हो ।

तपाईको प्रतिक्रिया