ताइवान बन्याे समलिंगी विवाहलाई मान्यता दिने पहिलाे एसियाली मुलुक

एजेन्सी, तापेई
ताइवान समलिंगी विवाहलाई मान्याता दिने पहिलो एसियाली मुलुक बनेको छ।
शुक्रबार ताइवानको संसदले समलिंगी विवाहसम्बन्धी कानुन पास गरेको हो। अब त्यहाँ समलिंगीले पनि महिला पुरूषबीचको विवाहमा जस्तै कर, बीमा र बच्चा भए अन्य अभिभावकसरह सुविधा पाउने छन्।
समलिंगी विवाहसम्बन्धी कानुन पास भएपछि अधिकारकर्मीहरू ताइवानको संसदबाहिर खुसी प्रकट गर्दै प्रदर्शन गरिरहेका छन्।
यो कानुन सरकारले प्रस्ताव गरेको थियो। सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका बहुमत सदस्यले समलिंगी विवाहको पक्षमा भोट हालेका थिए। समलिंगी विवाहको पक्षमा ताइवानी संसदका ६६ सदस्यले मतदान गरेका थिए भने २७ जना विपक्षमा उभिएका थिए।
समलिंगी विवाहलाई कानुनी मान्यता दिएको यो कदमले राष्ट्रपति साइ इङ वेनलाई आगामी वर्षको निर्वाचन जित्न कठिन हुने धेरैले अनुमान गरेका छन्।
क्रिश्चियन धर्मसँगसम्बन्धित केही संस्थाहरूले भने यो कदममा आफ्नो विमति राखेका छन्।
राष्ट्रपति साइले यो दिन ताइवानीहरूले गर्व गर्न लायक दिन भएको बताएकी छन्।
‘हाम्रो देश हार्दिकता र समावेशीताको मूल्यलाई बुझ्ने देश भएको हामी संसारलाई देखाउन चाहन्छौं,’ उनले भनेकी छन्, ‘समलिङ्गी विवाहलाई वैधानिकता दिएर हामीले सबैको प्रेमलाई समान व्यवहार गरेका छौं।’
उनले २०१६को राष्ट्रपतीय चुनावमा समलिंगी विवाहलाई मान्यता दिने कानुन ल्याउने वाचा गरेकी थिइन्।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया