मुस्ताङमा नून र युरोनियम खोज्दै भूगर्भ विभाग
समाधान संवाददाता
२०७६ जेठ ४ गते ८:५०

सुन्दरकुमार थकाली
मुस्ताङमा नून र युरोनियम खानी अन्वेषण सुरु भएको छ । खानी तथा भूगर्भ विभागको २ सदस्यीय टोली मंगलबार अध्ययनका लागि मुस्ताङ आएको हो ।
संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा वरिष्ठ भूगर्भविद् धर्मराज खड्का र भूगर्भविद् नरेश महर्जन मुस्ताङ आएका हुन् । टोलीले बुधबार वारागुङ मुक्तिक्षेत्र ३ तेताङको नून खानी अवलोकन गरेको छ ।
शनिबार युरोनियम अन्वेषणका लागि जाने खड्काले जानकारी दिए । टोलीले उपल्लो मुस्ताङमा ३ बसेर युरोनियम खानीको अध्ययन गर्ने योजना छ ।
टोलीले तेताङको नून खानी व्यावसायिक रुपमा सञ्चालन गर्ने सम्भावना कम रहेको प्रारम्भिक निष्कर्ष निकालेको छ । चट्टानमुनिबाट बग्ने नून मिश्रित पानी सुक्दै गएकाले उद्योग रुपमा विस्तार गर्न नसकिने टोलीको ठहर छ ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया