त्रिशुलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

समाधान संवाददाता २०७६ जेठ ५ गते ११:०३

समाधान सम्वाददाता

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्री बस आज विहान पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ ।

ना ७ ख ४३८७ नम्बरको बस आज विहान गजुरी गाँउपालिका ६ बन्छेटारवाट त्रिशुली नदीमा खसेको हो ।

Advertisement

दुर्घटनामा परेकामध्ये चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको धादिङ प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको छ ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुको गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भैरहेको छ ।

Advertisement

बस सडकवाट करिव पचास मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।

तपाईको प्रतिक्रिया