१२ तोला सुन चोर्ने पक्राउ

समाधान संवाददाता
पर्वत
पैयू गाउँपालिका ६ उपल्लो हुवासका ३६ वर्षीय सोमबहादुर राना १२ तोला सुनसहित पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय हुवासको टोलीले रानाले चोरी गरेको सुनसहित पक्राउ गरेको हो ।
गत वैशाख ३० गते राति हुवासको आले होटलबाट सुन चोरी भएलगत्तै पीडितले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरीले शुक्रबार राति करिब १२ बजे प्रहरी निरीक्षक मित्रबहादुर आचार्यको कमाण्डमा खटिएको टोलीले रानालाई घरबाटै नियन्त्रणमा लिएको थियो ।
रानालाई राति नै इलाका प्रहरी कार्यालयमा लगेर सोधपुछ गर्दा चोरी गरेको स्वीकार गर्दै घरको शौचालयमा सुन लुकाएको बयान दिएका थिए । प्रहरीले बयान पछ्याउँदा रानाले चोरी गरी शौचालयमा लुकाएको ४ तोलाको हार १ वटा, ४ तोलाकै बाला २ ओटा, चन्द्रमा र सिक्री फेला पारेको हो ।
प्रहरीका अनुसार चोरीमा संलग्न रानाले गाउँमा नै मिस्त्री काम गर्थे । चोरी गर्ने राना र बरामद सुनलाई इलाका प्रहरी कार्यालय हुवासले जिल्ला प्रहरी कार्याल पर्वतमा पठाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले रानामाथि थप अनुसन्धान भइरहेको र नियमानुसार कारबाही हुने जनाएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया