भूउपयोग नक्सा, डाटा र रिपोर्ट हस्तान्तरण

समाधान संवाददाता
स्याङ्जा
स्याङ्जाका ११ वटा स्थानीय तहलाई भूउपयोग नक्सा, डाटा र रिपोर्ट हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत नापी विभाग स्थलरुप नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाले पालिकालाई शुक्रबार हस्तान्तरण गरेको हो ।
महाशाखाले नक्साहरु भूउपग्रह तस्बिरलाई सम्बन्धित क्षेत्रका अधारमा स्थलगत सर्भेक्षण गरी माटोको नमुना संकलन गर्नुका साथै प्रयोगशालामा प्राविधिक परीक्षण गरी भूसूचना प्रणालीका अधारमा तयार गरेको हो । भूमि र भूमि स्रोतको समुचित उपयोग गरी दिगो सामाजिक आर्थिक तथा वातावरणीय विकास र समृद्धि गर्ने दीर्घकालीन दृष्टिकोणसहित नक्सा, डाटा र सिपोर्ड पालिकालाई हस्तान्तरण गरिएको नापी अधिकृत इन्जिनियर लक्ष्मी थापाले बताए ।
महाशाखाले पालिकालाई वर्तमान अवस्थाको भूउपयोग नक्सा, माटो नक्सा, भू क्षमता नक्सा, भूउपयोग क्षेत्र नक्सा, भूउपयोग क्षेत्रमाथि खप्टिएको कित्ता नापी नक्सा, डाटाबेस र प्रतिवेदन हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मीले महाशाखाको उद्देश्य अनुसार कार्यान्वयनमा समस्या रहेको बताए ।
उनले नक्साका रिर्पोर्टलाई आधार बनाएर योजना तर्जुमा बनाउन महाशाखाको लक्ष्य पूरा हुने बताए । पालिकालाई नक्साहरु प्रदान गरिएको बताउँदै रेग्मीले दराजमा सिमित रहेमा उद्देश्यले सार्थकता नपाउने रेग्मीको भनाइ थियो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमार क्षेत्री, अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, मालपोत अधिकृत हरिप्रसाद भुजेल लगायतले जनसंख्या बृद्धि र अब्यवस्थित सहरीकरणले प्राकृतिक स्रोत साधनको अतिक्रमण तथा पर्यावरणीय परिवर्तनका कारण बाढी पहिरो लगायतका जोखिम बढेको बताए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया