लोघेकरको घमीमा बृहत सामुदायिक स्याँउ खेती

समाधान संवाददाता २०७६ जेठ ५ गते १५:३८

सुन्दरकुमार थकाली
मुस्ताङ

मुस्ताङमा सामुदायिक स्याँउ खेती गर्ने चलन नौलो होईन । यहाँ खेर गईरहेका कतिपय बाँझो जमिनमा सामुदायिक स्याँउ खेती भएको छ । खेर गएका जमिनमा सामुदायिक खेती तथा सरकारी जमिन उपयोग संम्वन्धि सरकारका तर्फबाट स्पष्ट कानुन निर्माणमा ढिलाई भैईरहेको छ ।

मुस्ताङमा स्थानीय स्तरमा यसअघि कतिपय सृजनात्मककार्यमा सामुहिक कामका लागि सरकारी जमिन उपयोग गरेको पाईएको छ । यसमा मुख्य रुपमा प्रयोग भएको छ सामूहिक स्याँउ खेती । मुस्ताङमा सामुदायिक स्याँउ खेती संञ्चालन भएको आधा दशक बितेको छ । जिल्लाको वारागु्ङ गापाको ताङ्वे फाँट, जोमसोमको फ्यान्ताङ, स्याङ खोला, टुकुचे र मार्फा लगायतका स्थानमा सामुदायिक स्याँउ खेती गरिएको छ ।

Advertisement

यि सबै ठाउँमा भएका स्याँउ खेती सरकारी जग्गा अन्तर्गत पर्छन् । संघीयता कार्यान्वयनपछि पनि यस्ता खेर गएका जमिनको उपयोगबारे यथेष्ठ कानुन नआउदा स्थानीय स्तरमा अन्योल छाएको छ ।

सरकारी जग्गा उपयोग गर्दै आएका सामुदायिक स्याउ खेती अभिायान्ताहरुको स्याउ खेती बिस्तारले यहाँको पर्यावरण तथा वातावरणमा योगदान पुगेका देखिन्छ । उनीहरुले गरेको परम्परागत स्याँउ खेतीले नदी कटान रोक्ने, सौन्दयता अभिबृद्धि गर्ने र स्थानीयको जिवन स्तरमा सुधार ल्याउन सहयोग पुर्‍याएको छ ।

Advertisement

तर,जिल्लाका कतिपय स्थानमा सरकारी जग्गा उपयोग गर्दै सामुदायिक स्याँउ खेती हुँदै आएपनि उपल्लो मुस्ताङको घमी गाउँमा भने फरक प्रकारले सामुदायिक स्याउ खेती सुरुआत भएको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा घमी गाउँका कुल ५८ घरधुरीले आफ्नो नीजि खेतीयोग्य जग्गामा बृहत सामुदायिक स्याँउ खेती सुरु गरेका हुँन् ।

नीजि लालपुर्जा समेत भएको जग्गाका घरधुरीलाई संयुक्त रुपमा स्याँउ खेतीमा आवद्ध गर्ने प्रयास भएको गाउँपालिका अध्यक्ष बिष्टको भनाई छ । यसरी सामूदायिक रुपमा स्याँउ खेती गर्ने प्रत्येक घरधुरीले उत्पादनपछि ७० प्रतिशत प्राप्त गर्ने र ३० प्रतिशत बास्केट फन्डमा जम्मा गर्ने अवधारणा ल्याएका हुन् । सामुदायिक बाँस्केट फन्डको आम्दानी ५८ घरधुरीलाई समान रुपमा बितरण गर्ने नियम बनाएको अध्यक्ष बिष्टले जानकारी दिए ।

लोघेकरको घमीमा सुरुआत गरिएको सामुदायिक स्याँउ खेती नीजि जग्गा प्रयोगको रुपमा पहिलो मानिएको छ । अध्यक्ष बिष्टका अनुसार यसवर्ष ४ हजार स्याँउका बिरुवा लगाउने योजना रहेको र अर्को वर्ष १२ हजार स्याँउका बिरुवा लगाउने लक्ष्य रहेको सुनाए । अहिले घमीका खेतीयोग्य जमिनमा धमाधम स्याँउका बिरुवा लगाउने काम भईरहेको छ । स्याँउ बेर्ना लगाउन थासाङ १ टुकुचेबाट अनुभवी २ जना स्याँउ कृषकलाई परिचालन गरिएको छ ।

मुस्ताङका ५ वटै स्थानीय तहलाई स्याँउ जोनको रुपमा घोषणा गरिएको छ ।यसवर्ष मुस्ताङको लोमान्थाङ बाहेक सबै स्थानीय तहमा स्याँउ जोनमा जोडिएका हुन् ।

मुस्ताङमा करिव १२ सय हेक्टरमा स्याँउ खेती गरिएको भएपनि अर्को वर्ष स्याँउ खेतीको क्षेत्रफल बृद्धि हुँने निश्चित भएको छ । मुस्ताङमा ४ सय ५० हेक्टर जमिनमा लगाईएका स्याँउले मात्र उत्पादन दिईरहेको छ ।

तपाईको प्रतिक्रिया