मिस मगरको ट्यालेन्ट राउन्ड सम्पन्न

समाधान संवाददाता २०७६ जेठ ५ गते १६:००

समाधान संवाददाता, पोखरा

केशरी रानामगरको अभिनयले सहभागीलाई भावुक बनायो । केशरी निर्मला हत्याकाण्डमा आधारित अभिनय गर्दै थिइन् । उनी मिस मगर नेपाल सिजन ४ की प्रतियोगी हुन् । एसटी क्रियसनद्वारा आयोजित मिस मगर नेपाल सिजन ४, २०१९ को सेल्फ ट्यालेन्ट राउन्डमा अभिनय प्रस्तुत गर्दै थिइन् केशरी ।

विभिन्न ठाउँबाट सहभागी १० जना प्रतियोगीले अभिनय, नृत्य, वक्तृत्वकला लगायत प्रतिभा प्रसतुत गरेका थिए । ट्यालेन्टका आधारमा निष्पक्ष ढंगले दिइएका नम्बरहरु ग्रान्ड फिनालेमा प्रतियोगीको टोटल नम्बरमा जोडिने निर्णायक पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष एवं संस्कृतिकर्मी शिव थापा मगरले बताए ।

Advertisement

नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदाय र नेपाली मगर महिला सशक्तीकरणका लागि नेपाल मगर संघ सधैँ सकरात्मक भएकाले यस्ता कार्यक्रमले आफूका भएको प्रतिभा मात्र नभई भविष्यमा कुनै क्षेत्रमा लाग्न प्लेटफर्म भएको विचार राखे ।

एसटी क्रियसनका म्यानेजर सुरज थापामगरले प्रतियोगीलाई आफूले सिकेका कुरा व्यवहारमा उतारेर जीवनलाई सफल र असल बनाउन आग्रह गरे । जेठ १० गते पोखरा ग्रान्डमा हुने मिस मगर नेपाल सिजन ४, २०१९ को ग्रान्ड फिनाले कार्यक्रममा उपस्थित हुन थापाले आग्रह गरे । फिनालेमा नेपाल आइडल सिजन २ का टप सेभेन नीलिमा थापा मगर, वुगीउगीका फस्ट रनर अप प्रगति पुन मगरको प्रस्तुतिसँगै विविध सांस्कृतिक हुनेछ ।

Advertisement

प्रतियोगिताको निर्णायकमा पोखरा कला केन्द्रका सञ्चालक तथा नृत्य निर्देशक एवं नेपाल मगर संघ कास्कीका अध्यक्ष राहुल थापा मगर, पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष एवं संस्कृतिकर्मी शिव थापा मगर, मिस मगर नेपाल २०१४ की सेकेन्ड रनरअप सरला थापा मगर थिए । कार्यक्रम सञ्चालन जुना थापा मगरले गरेकी थिइन् ।

प्रतियोगीहरु सानियाँ पुन मगर, मेलिना श्रीस मगर, उषा पुन मगर, सनम गर्बुजा मगर, एलिसा बुढामगर, रिमान्स थापामगर, अस्मिता तिलिजा पुन मगरले नृत्य, केशरी राना मगरले अभिनय र सोनी पुन मगरले राष्ट्रियता सम्बन्धी वक्तृत्वकला प्रस्तुत गरकी थिइन् ।

तपाईको प्रतिक्रिया