गोरखा सेवा समाज नेपाल ४ सामुदायिक विद्यालयमा कम्प्युटर

समाधान संवाददाता २०७६ जेठ ६ गते ११:५६

मोहसिन अलि मियाँ
गोरखा

गोरखा सेवा समाज नेपालले जिल्लाका ४ सामुदायिक विद्यालयमा कम्प्युटर सहयोग गरेको छ । समाजले आइतबार सदरमुकाममा कार्यक्रम आयोजना गरी ४ गाउँपालिकाका १÷१ विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

गोरखा घर भई हाल रोजगारीका क्रममा कतारमा रहेका गोर्खालीको संस्था गोरखा सेवा समाज कतारले स्थापना गरेको २५ लाख रकमको अक्षयकोषबाट प्राप्त ब्याजबाट विद्यालयलाई कम्प्युटर प्रदान गरिएको समाजका नेपाल अध्यक्ष कैलाशबाबु श्रेष्ठले बताए ।

Advertisement

विद्यार्थीको क्षमता विकास र विद्यालयलाई प्रविधीमैत्री बनाउन पहल स्वरुप आफूहरुले जिल्लाको शहिद लखन गाउँपालिका ८ को राम्चे आधारभूत विद्यालयमा ३ थान, सिरानचोक गाउँपालिका २ को आहाल भञ्ज्याङ माविमा ३ थान कम्प्युटर वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै समाजले सिरानचोक चिप्लेटीस्थित जनज्योति माविमा ३ थान र आरुघाट गाउँपालिका ४ को जमूना आधारभूत विद्यालयमा ३ थान गरी १२ थान कम्प्युटर सहयोग गरेको हो । समाजले आगामी वर्षमासमेत अन्य विद्यालयमा कम्प्युटर वितरणको कामलाई निरन्तरता दिने बताएको छ ।

Advertisement

समाजका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जानुका अधिकारीको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख खेमराज पौडेल, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया